|
|
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय
SHREE
NEPAL RASTRIYA BASIC LEVAL SCHOOL (NRAS)
भेरीगंगा
नगरपालीका-६, घारिवन, सुर्खेत
कर्णाली
प्रदेश, नेपाल
स्थापना : २०४५
पत्र संख्या: २०८२/०८३
श्रीमान् नगर प्रमुखज्यू,
भेरीगंगा नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय, छिन्चु, सुर्खेत।
विषय: खेलमैदान निर्माण कार्यको प्रतिवेदन
पेस तथा धन्यवाद सम्बन्धमा।
उपर्युक्त विषयमा यस श्री नेपाल
राष्ट्रिय आधारभूत विद्यालय, घारीवनको
खेलमैदान स्तरोन्नति तथा निर्माण कार्यका लागि तहाँ नगरपालिकाबाट प्राप्त सहयोग
अत्यन्तै सराहनीय रहेको व्यहोरा अनुरोध छ।
विद्यालयको अनुरोधलाई स्वीकार
गर्दै मिति २०८२/०८/०५ गते देखि २०८२/०८/०७ गते सम्म नगरपालिकाको डोजर (JCB) उपलब्ध गराई विद्यालयको
प्राङ्गण सम्याउने र खेलमैदान विस्तार गर्ने कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउनु
भएकोमा विद्यालय परिवार नगर प्रमुख ज्यू लगायत सम्पूर्ण नगरपालिका परिवारप्रति
हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।
उक्त तीन दिनको अवधिमा डोजर र
ट्याक्टरको प्रयोग गरी करिब १५ घण्टा सञ्चालन भएको निर्माण कार्यको विस्तृत विवरण, कार्य प्रगति, र देखिएका चुनौतीहरू समेटिएको "खेलमैदान निर्माण तथा
स्तरोन्नति सम्बन्धी विस्तृत प्रतिवेदन-२०८२" यसै पत्रसाथ संलग्न राखी पेस
गरिएको व्यहोरा जानकारी गराउँदछु।
साथै, विद्यालयको शैक्षिक तथा भौतिक
गुणस्तर सुधारका लागि आगामी दिनमा पनि नगरपालिकाबाट यस्तै अभिभावकीय भूमिका र
निरन्तर सहयोगको अपेक्षा राखेका छौँ।
धन्यवाद।
(शिवजंग वली)
प्रधानाध्यापक
बोधार्थ:
१. श्री शिक्षा, युवा तथा खेलकुद शाखा, भेरीगंगा नगरपालिका।
२. श्री वडा कार्यालय, वडा नं. ६, भेरीगंगा नगरपालिका।
३. श्री नेपाल राष्ट्रिय आधारभूत
विद्यालय
घारीवन, सुर्खेत |
१. परिचय
(Introduction)
१.१
विद्यालयको पृष्ठभूमि तथा अवस्थिति
सुर्खेत
जिल्लाको सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वी क्षेत्रमा पर्ने साविकको मैनतडा
गा.वि.स. वडा नं. १ (हाल भेरीगंगा नगरपालिका वडा नं. ६) घारीवनमा श्री नेपाल राष्ट्रिय
आधारभूत विद्यालय अवस्थित
छ। यस विद्यालयको स्थापना २०४५ सालमा भएको हो। किच, घारीवन, ठुलोखाल र नाच्ने गाउँका टोलहरूलाई पायक पर्ने गरी यस
क्षेत्रका बालबालिकाको उज्ज्वल भविष्यका लागि यो विद्यालय स्थापना गरिएको हो।
१.२
स्थापना र विकासक्रम
यस गाउँका
शिक्षाप्रेमी,
बुद्धिजीवी
तथा समाजसेवी व्यक्तित्वहरू श्री शेर सिङ वली र श्री शसिराम डाँगीको सक्रिय नेतृत्व तथा
स्थानीय अभिभावकहरूको जनश्रमदानबाट सामान्य छाप्रो निर्माण गरी एक जना शिक्षकको
व्यवस्थापनमा कक्षा १ को अनुमति लिई पठनपाठन सुरु गरिएको थियो।
नेपाल
सरकारबाट २०४५ सालपछि तीनवटा दरबन्दी प्राप्त भई कक्षा ५ सम्म पठनपाठन सुचारु
हुँदै आएकोमा,
स्थानीय
समुदायको माग र भौगोलिक आवश्यकतालाई मध्यनजर गर्दै २०६४/०९/२७ गते अभिभावकहरूबाट
चन्दा संकलन गरी रु. ७५,०००/-
(पचहत्तर हजार रुपैयाँ) राष्ट्रिय वाणिज्य बैंकमा धरौटी जम्मा गरेर २०६५ सालदेखि
कक्षा ६ को अनुमति लिई हाल कक्षा ८ सम्मको पठनपाठन निरन्तर सञ्चालन भइरहेको छ।
१.३
विद्यालयको वर्तमान जनशक्ति र विद्यार्थी विवरण
हाल
विद्यालयमा अध्यापन र व्यवस्थापनका लागि निम्न जनशक्ति कार्यरत रहेका छन्:
- स्थायी प्रा.वि. दरबन्दी: ३
जना
- राहत शिक्षक: १ जना (२०८० बाट
थप)
- संघीय अनुदान (नि.मा.वि.): १
जना
- स्वयंसेवक (नि.मा.वि.): २ जना
(२०७६ यता नगरपालिकाबाट)
- निजी स्रोत शिक्षक: २ जना
- बालविकास सहजकर्ता: १ जना
- कार्यालय सहयोगी: १ जना
जम्मा: ११ जना (२०८२ मा थप १
स्वयंसेवक शिक्षक आउने प्रक्रियामा रहेको हुँदा कुल संख्या १२ पुग्नेछ)। विद्यालयमा हाल १४१ जना विद्यार्थीहरू अध्ययनरत
छन्।
२.
उद्देश्य (Objectives)
यस निर्माण
कार्यका प्रमुख उद्देश्यहरू निम्न अनुसार रहेका छन्:
१. विद्यार्थीहरूको शारीरिक
तथा मानसिक विकासका लागि आवश्यक फराकिलो खेलमैदान तयार गर्नु।
२. अव्यवस्थित जमिनलाई
सम्याएर विद्यालयको सौन्दर्यकरण गर्नु।
३. विद्यार्थीहरूको अतिरिक्त
क्रियाकलाप (खेलकुद, प्रार्थना, पी.टि) सञ्चालनमा सहजता ल्याउनु।
४. नगरपालिकाको स्रोत र
साधनको समुचित प्रयोग गरी सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्नु।
३.
खेलमैदान निर्माणको पृष्ठभूमि र पहल
विद्यालयको
खेलमैदान साँघुरो र असमतल भएको कारण विद्यार्थीहरूलाई खेलकुदमा समस्या भइरहेको
विषयमा लामो समयदेखि छलफल चलेको थियो। यसै सन्दर्भमा विद्यालय व्यवस्थापन समितिका
अध्यक्ष
श्री लाल बहादुर घर्ती र प्रधानाध्यापक श्री शिवजंग वलीको सक्रियतामा भेरीगंगा
नगरपालिकाका नगर प्रमुख श्री
यज्ञ प्रसाद ढकाल ज्यूलाई विद्यालयको समस्या अवगत गराइएको थियो।
यस पहलको
फलस्वरूप:
- मिति २०८२-०८-०३ (बुधबार): नगर प्रमुख यज्ञ
प्रसाद ढकाल सहितको टोलीले विद्यालयमा पुगी स्थलगत अनुगमन गर्नुभयो।
- मिति २०८२-०८-०५ (शुक्रबार): विद्यालयबाट डोजर
उपलब्ध गराइदिने विषयमा च.न. ४० को पत्र तयार गरी शिक्षक श्री झलक वली नगरपालिका जानुभयो।
नगर प्रमुखज्यूले तत्कालै इन्धन सहित ४ घण्टाको लागि डोजर उपलब्ध गराउने तोक
आदेश गरिदिनुभयो। यस कार्यमा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा
प्रमुखज्यूबाट महत्त्वपूर्ण प्रशासनिक सहयोग प्राप्त भयो।
४. कार्य
विवरण (Work
Details)
नगरपालिकाको
सहयोगमा प्राप्त डोजर (JCB) र
विद्यालयको व्यवस्थापनमा ट्याक्टर समेत प्रयोग गरी मिति २०८२-०८-०५ देखि
२०८२-०८-०७ सम्म सञ्चालन भएको निर्माण कार्यको विवरण तल प्रस्तुत गरिएको छ:
४.१
पहिलो दिन: २०८२-०८-०५ (शुक्रबार)
- प्रस्थान र तयारी: डोजरमा ७० लिटर डिजेल
हालेर दिउँसो १२:१५ बजे पेट्रोल पम्पबाट कार्यस्थलतर्फ प्रस्थान गर्यो।
- कार्यस्थल आगमन: विद्यालय प्राङ्गणमा
डोजर दिउँसो करिब १:२५ बजे आइपुग्यो।
- कार्य सञ्चालन: अपरेटरलाई खाजा
खुवाएपछि करिब ३ घण्टासम्म जमिन सम्याउने (Cutting) काम भयो।यसमा खाजा खर्च रु.
३०० भएको थियो |
- उपलब्धि: खेलमैदानको माथिल्लो
भाग काट्ने कामको थालनी।
४.२
दोस्रो दिन: २०८२-०८-०६ (शनिबार)
- नयाँ रणनीति: अघिल्लो दिनको कामको
प्रकृति हेर्दा काटिएको माटो व्यवस्थापन गर्न ट्याक्टरको आवश्यकता महसुस भयो।
अपरेटरको अनुरोध र नगर प्रमुखसँगको सल्लाह बमोजिम प्र.अ. शिवजंग वलीले १ दिनको रु.६००० बुझाउने गरि ट्याक्टरको
व्यवस्थापन गर्नुभयो।
- इन्धन थप: कामलाई तीव्रता दिन
डोजरको लागि ६० लिटर डिजेल थप गरियो।
- टोली: प्र.अ., वि.व्य.स. अध्यक्ष, JCP अपरेटर, ट्याक्टर ड्राइभर र १
जना शिक्षक गरी ५ जनाको टोली बिहान ८:०० बजे नै उपस्थित भयो।यस दिनको खानको
लागि जम्मा रु.१४०० खर्च भएको थियो |
- कार्य सञ्चालन: डोजरले माटो काट्ने र
ट्याक्टरमा लोड गर्ने, अनि
ट्याक्टरले गहिरो भागमा लगेर माटो पुर्ने (Filling) काम निरन्तर चल्यो।
- कार्य अवधि: दिउँसो १ बजे खाना
समय बाहेक,
यस दिन
डोजरले करिब ७ घण्टा र ट्याक्टरले दिनभर काम गर्यो। साँझ ५ बजे काम
रोकियो।
४.३
तेस्रो दिन: २०८२-०८-०७ (आइतबार)
- सन्दर्भ: यस दिन विद्यालयको
वनभोज (Picnic)
कार्यक्रम
रहेको थियो।
- कार्य सञ्चालन: बिहान ९:०० बजेदेखि
डोजरले आफ्नो काम सुरु गर्यो। विद्यार्थी र शिक्षकहरू पिकनिकमा रमाइरहेको
समयमा डोजरले विना अवरोध काम गर्न पायो।
- सहजीकरण: डोजर अपरेटरको साथमा
वि.व्य.स. अध्यक्ष र प्र.अ. खटिनुभयो। अपरेटरको भत्ता व्यवस्थापन रु.२००० प्र.अ.बाट
उपलब्ध गराइयो।
- खाना: दिउँसो २ बजे तयार
भएको पिकनिकको खाना अपरेटर सहित सबैले सँगै खाए।
- कार्य अवधि: यस दिन डोजरले ५ घण्टा काम गर्यो।
- समापन: काम सम्पन्न गरी साँझ
५ बजे डोजर नगरपालिकातर्फ फिर्ता भयो।
५. स्रोत
व्यवस्थापन तथा कार्य विश्लेषण
५.१ समय
र स्रोतको उपयोग
- कुल कार्य घण्टा: ३ दिनमा गरी डोजरले
करिब १५ घण्टा (शुक्रबार
३ + शनिबार ७ + आइतबार ५) काम गरेको देखिन्छ (प्राविधिक रिपोर्ट अनुसार १५
घण्टा गरिएको छ)।
- प्रयोग भएका साधन: १ थान जेसीबी (JCB) र १ थान ट्याक्टर
(शनिबार)।
- जनशक्ति व्यवस्थापन: विद्यालय परिवार र वि.व्य.स
अध्यक्षको प्रत्यक्ष निगरानी।
५.२
कार्यको विश्लेषण
छोटो समय र
सीमित स्रोतका बाबजुद विद्यालयको खेलमैदानको स्वरुपमा ठुलो परिवर्तन आएको छ।
खाल्डाखुल्डी पुरिएका छन् भने ढिस्काहरू सम्याइएको छ।शनिबार र पिकनिकको दिनमा समेत
काम गरेर समयको अधिकतम सदुपयोग गरिएको छ।
६.
समस्या तथा चुनौतीहरू (Problems & Challenges)
निर्माण
कार्य सन्तोषजनक भए तापनि केही प्राविधिक समस्याहरू देखा परे:
१. मेसिनको अवस्था: नगरपालिकाको डोजर पुरानो
भएको वा मर्मत सम्भारको अभावले गर्दा सोचे जस्तो तीव्र गतिमा काम हुन सकेन।
यान्त्रिक क्षमता कमजोर हुँदा कार्य प्रगतिमा केही ढिलासुस्ती महसुस भयो।
२. बजेट अभाव: विद्यालयको आफ्नै स्रोत
नहुँदा र नगरपालिकाबाट सीमित समय मात्र प्राप्त हुँदा फिल्डलाई १००% पूर्णता दिन
अझै बाँकी रहेको छ।
७. फोटो
ग्यालरी (Photos)
|
Figure
1पहिलेको अवस्था |
Figure
2पहिलेको
अवस्था |
|
Figure
3 डोजरले काम गरि रहेको
अवस्था |
Figure
4डोजरले काम गरि रहेको अवस्था |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
Figure
5 ट्याक्टर र
डोजरले काम गरि रहेको अवस्था |
Figure
6 डोजरले काम
गरिरहेको अवस्था |
|
Figure
7 अन्तिम
अवस्था |
Figure
8 अन्तिम
अवस्था |
८. सुझावहरू (Suggestions)
१. डोजर मर्मत: नगरपालिकाले सार्वजनिक
प्रयोगमा ल्याउने डोजर/मेसिनहरूको समय-समयमा मर्मत सम्भार (Maintenance) गर्न अत्यावश्यक देखिन्छ, जसले गर्दा इन्धन र समयको बचत
होस्।
२. थप सहयोग: खेलमैदानको छेउछाउमा
पर्खाल (Retaining
Wall) लगाउन
र मैदानलाई अन्तिम फिनिसिङ दिन नगरपालिकाबाट थप आर्थिक वा भौतिक सहयोगको अपेक्षा
गरिएको छ।
९.
धन्यवाद ज्ञापन (Acknowledgments)
यस पवित्र
कार्यमा सहयोग पुर्याउनुहुने निम्न महानुभाव तथा निकायहरूप्रति विद्यालय परिवार
हार्दिक कृतज्ञता ज्ञापन गर्दछ:
- विशेष धन्यवाद: नगर प्रमुख श्री यज्ञ
प्रसाद ढकालज्यू (तदारुकताका साथ डोजर र इन्धन उपलब्ध गराउनुभएकोमा)।
- प्रशासनिक सहयोग: प्रमुख प्रशासकीय
अधिकृत,
शिक्षा
शाखा प्रमुख तथा प्रशासन प्रमुखज्यूहरू।
- व्यवस्थापन: विद्यालय व्यवस्थापन
समिति अध्यक्ष श्री लाल बहादुर घर्ती, प्र.अ. श्री शिवजंग वली र पत्राचारमा सहयोग
गर्ने शिक्षक श्री झलक वली।
- प्राविधिक सहयोग: डोजर अपरेटर र
ट्याक्टर चालक।
- प्रत्यक्ष तथा अप्रत्यक्ष
रूपमा सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक तथा शिक्षकहरु।
१०.
निष्कर्ष (Conclusion)
भेरीगंगा
नगरपालिकाको वडा नं ६ मा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको शैक्षिक
तथा भौतिक उन्नयनमा यो खेलमैदान निर्माण कार्य एक कोसेढुङ्गा साबित भएको छ।
"सुन्दर विद्यालय, गुणस्तरीय
शिक्षा" को अवधारणालाई साकार पार्न स्थानीय सरकार र विद्यालय बीचको यो
सहकार्य उदाहरणीय छ। डोजरको प्राविधिक कमजोरीका बाबजुद पनि उपलब्ध समय र स्रोतको
अधिकतम प्रयोग गरी विद्यालयले १५-१६ घण्टाको अवधिमा खेलमैदानलाई बस्न र खेल्न
योग्य बनाएको छ। आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै यो प्रतिवेदन पेस
गर्दछौँ।
|
...................... प्रतिवेदन तयार गर्ने: शिक्षक : झलक वली मिति:२०८२-०८-०९ |
...................... वि.व्य.स अध्यक्ष:: लाल बहादुर घर्ती मिति:२०८२-०८-०९ |
..................... प्रमाणित गर्ने प्रधानाध्यापक: शिवजंग वली मिति:२०८२-०८-०९ |


0 Comments