प्युठान जिल्लाको धार्मिक स्थल स्वर्गद्वारी भ्रमण प्रतिवेदन
विद्यालयको नाम: श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,
घारिवन
भ्रमण स्थल: स्वर्गद्वारी,
प्युठान र धारापानी,
दाङ
भ्रमण मिति: २०८२-०७-२१ देखि २०८२-०७-२३ सम्म
१. परिचय
-
"शिक्षाका लागि घुम्दै,
सिक्दै" भन्ने मान्यतालाई आत्मसात् गर्दै,
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,
घारिवनका शिक्षक तथा कर्मचारीहरूका लागि एक धार्मिक तथा मनोरञ्जनात्मक भ्रमण
कार्यक्रमको आयोजना गरियो। मिति २०८२-०७-२१ देखि २०८२-०७-२३ सम्म सञ्चालन
भएको यस भ्रमणको मुख्य गन्तव्य प्युठान जिल्लामा अवस्थित प्रख्यात धार्मिक
स्थल 'स्वर्गद्वारी'
रहेको थियो। यो भ्रमणले निरन्तरको शैक्षिक गतिविधिबाट केही समय निकालेर धार्मिक ज्ञानवृद्धि,
सहकर्मीहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउन र नेपालका प्रमुख धार्मिक
सम्पदाहरूको अवलोकन गरी आध्यात्मिक ऊर्जा प्राप्त गर्न महत्त्वपूर्ण भूमिका
खेलेको छ।
२. भ्रमणको लक्ष तथा उद्देश्यहरू
यस भ्रमणका मुख्य लक्ष तथा उद्देश्यहरू निम्नअनुसार रहेका थिए:
-
नेपालको महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल स्वर्गद्वारीको दर्शन तथा
अवलोकन गर्नु।
-
दैनिक शैक्षिक तथा प्रशासनिक कार्यबाट विश्राम लिई मानसिक र आध्यात्मिक
रूपमा पुनर्ताजगी (refreshment)
प्राप्त गर्नु।
-
विद्यालयका शिक्षक तथा कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूबीच आपसी
सद्भाव,
सहयोग र सम्बन्धलाई सुमधुर बनाउनु।
-
मार्गमा पर्ने अन्य प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको (जस्तै: दाङको
धारापानी) अवलोकन गरी त्यहाँको महत्त्वबारे जानकारी लिनु।
-
भ्रमणको अनुभवलाई शिक्षण सिकाइ क्रियाकलापमा सहयोगी सामग्रीका रूपमा प्रयोग
गर्नु।
·
स्थानीय पर्यटन र धार्मिक परम्पराको बारेमा प्रत्यक्ष जानकारी लिनु।
·
धार्मिक,
सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका स्थलहरूको अवलोकन गरी ज्ञानको विस्तार
गर्नु।
३. सहभागीहरूको विवरण
यस भ्रमणमा शिक्षक,
कर्मचारी,
परिवारका सदस्य तथा गाडी स्टाफहरू गरी जम्मा २७ जना को सहभागिता रहेको थियो,
जसको विवरण निम्नानुसार छ:
-
शिक्षक/कर्मचारी: ११ जना
-
शिक्षक/कर्मचारीका परिवार सदस्य: ८ जना
-
बालबच्चा: ४ जना
-
गाडी स्टाफहरू: ४ जना
४. कार्यक्रमको योजना तथा व्यवस्थापन
भ्रमणको योजना २०८२ सालको सुरुवाती चरणदेखि नै चलेको थियो। प्रारम्भमा
विद्यार्थीसहित जाने कुरा भए तापनि आर्थिक तथा व्यवस्थापकीय कारणले सम्भव
नभएपछि,
शिक्षक/कर्मचारी मात्र जाने निर्णय भयो।
-
निर्णय: मिति २०८२-०७-२० गतेको छलफलअनुसार शिक्षक/कर्मचारी र उनीहरूका परिवारका
सदस्यहरूसहित भ्रमणमा जाने टुङ्गो लाग्यो।
-
जिम्मेवारी: भ्रमणको सम्पूर्ण आर्थिक कारोबार र व्यवस्थापनको लागि शिक्षक श्री इन्द्रा कुमारी डाँगी लाई संयोजक र प्रतिवेदन तयारीको जिम्मा शिक्षक श्री झलक वली लाई प्रदान गरियो।
-
सवारी व्यवस्थापन: शिक्षक श्री हरिमाया वलीको प्रस्तावमा रु. ३०,०००/- मा गाडी भाडा तय गरियो। पछि मार्गमा अन्य ठाउँ घुम्ने योजना बनेपछि
रु. १०,०००/- थप गरी जम्मा रु. ४०,०००/- मा गाडी भाडा निश्चित गरियो।
५. भ्रमणका मुख्य क्रियाकलापहरू (दैनिक विवरण)
पहिलो दिन (२०८२-०७-२१, शुक्रबार): यात्रा प्रारम्भ
-
विद्यालयमा शुक्रबारे अतिरिक्त क्रियाकलाप (चित्रकला) सम्पन्न गरी करिब १
बजे सबैजना विद्यालयबाट बिदा भयौँ। भ्रमणको गाडी वीरेन्द्रनगर,
सुर्खेतबाट साँझ ८ बजे छिन्चु आइपुग्ने योजना भए पनि केही ढिलाइ भयो।
छिन्चुबाट खानेपानी लिई त्यहाँ उपस्थित सदस्यहरू गाडीमा बस्यौँ। करिब रातिको
९:०० बजे गाडी घारिवन आइपुग्यो र त्यहाँबाट सम्पूर्ण भ्रमण टोलीलाई लिई
किच,
झिन्नी,
बोटेचौर,
काल्चे (सल्यान) हुँदै हापुरे (दाङ) तिर प्रस्थान गर्यो।यात्रा जारी रातभरिको यात्रामा गाडीले सहजताको लागि बिच-बिचमा रोक्दै अघि बढ्यो। करिब
राति १:०० बजे तिर गाडी तुलसीपुर,
दाङ पुग्यो। त्यहाँबाट गाडी रोल्पाको रुन्टीगढी,
होलेरी हुँदै प्युठानतर्फ लाग्यो। रातभरिको यात्रा पश्चात्
बिहान ४:०० बजे: रातभरिको यात्राको थकान र अनिदोपछि हामी स्वर्गद्वारीको बेसक्याम्प
पुग्यौँ।बिहान ५:०० बजे: चियापान पछि स्वर्गद्वारी मन्दिरतर्फको सिँढी चढ्ने यात्रा सुरु भयो।बिहान ५:३० बजे: करिब आधा घन्टाको हिँडाइपछि मन्दिर परिसर र भक्तजन आश्रम स्थलमा पुगियो।
संयोजकज्यूले खानपानको व्यवस्थापन गर्नुभयो।बिहान ६:०० - ८:०० बजे: नुहाइधुवाइ गरी मन्दिरमा दर्शन र पूजाआजामा सबैजना व्यस्त भयौँ।बिहान ८:०० - १०:०० बजे: मन्दिर दर्शनपछि पवित्र कुण्डको दर्शन गर्न लाग्यौँ। त्यसपछि क्रमशः वेद
पाठशाला,
गौशाला,
भक्तजन आश्रम स्थल र अन्य स्थानहरूको अवलोकन गर्यौँ।बिहान ११:०० बजे: सबैजनाले खाना खायौँ।दिउँसो १२:०० - २:०० बजे: रातभरिको अनिदो र यात्राको थकान मेट्न सबैजना स्वर्गद्वारी परिसरकै खुला
स्थानमा घामको न्यानोपनमा मस्त निद्रामा आराम गर्यौँ।दिउँसो २:०० - ४:०० बजे: निद्राबाट ब्युँझिएपछि नेपाल आर्मीको हेलीप्याड,
महाप्रभु षडानन्द नुहाउन जाने गुफा,
पादुका स्थान र सिद्ध बाबा मन्दिरको अवलोकन तथा दर्शन गर्यौँ।साँझ ५:०० बजे: मन्दिरको आरती लिएर साँझ ७:०० बजे: संयोजकको व्यवस्थापनमा साँझको
खाना खायौँ।साँझ ७:३० - १०:०० बजे: करिब २० मिनेट भक्तजन भजन-कीर्तनमा सहभागी भयौँ। त्यसपछि स्वर्गद्वारी मुख्य
मन्दिरमा २४ जना ब्राह्मणहरूद्वारा सञ्चालित विशेष हवन कार्यको अवलोकन
गर्यौँ।राति १०:०० बजे: हवनको प्रसाद ग्रहण गरी भक्तजन आश्रम स्थलमा बास बस्यौँ।
दोर्सो दिन (२०८२-०७-२३, आईतबार): फिर्ती यात्रा र धारापानी दर्शन
-
बिहान ४:०० बजे: स्वर्गद्वारीको रमणीय स्थान र हरियो सागको स्वादलाई बिदाइ गर्दै हामी
निद्राबाट उठ्यौँ र लामो सिँढीको यात्रा ओरालो झर्यौँ।बिहान ५:०० बजे: नजिकैको बजारमा चियापान गरी गाडीमा प्रस्थान गर्यौँ।बिहान (नास्ता): दाङको होलेरीमा आएर नास्ता गर्यौँ।दिउँसो (अवलोकन): दाङको बराह क्षेत्र हुँदै अर्को प्रसिद्ध धार्मिक स्थल धारापानी मन्दिरको
दर्शन र अवलोकन गर्यौँ। यहाँ विश्वको सबैभन्दा ठूलो शिवको त्रिशूल रहेको
पाइयो। केही साथीहरूले नजिकैको खड्गदेवी मन्दिरको पनि दर्शन गर्नुभयो।दिउँसो २:०० बजे: धारापानीबाट फर्कियौँ। तुलसीपुरमा दिउँसोको खाना खाने योजना भए पनि समयको
ख्याल नगर्दा खाना पाउन सकिएन।साँझ: दाङको हापुरेमा खाजा खायौँ।साँझ ६:०० बजे: सुर्खेतको बोटेचौर आइपुग्यौँ।राति ९:०० बजे: भ्रमणमा सहभागी यात्रुहरूलाई क्रमशः झिन्नी,
किच र घारिवनमा छोड्दै गाडी वीरेन्द्रनगर,
सुर्खेत फर्कियो र यसरी हाम्रो अविस्मरणीय भ्रमण सम्पन्न भयो।
६. भ्रमण गरिएका मुख्य स्थानहरू
१. स्वर्गद्वारी,
प्युठान (मुख्य गन्तव्य):
·
मुख्य मन्दिर,
अखण्ड हवन कुण्ड
·
वेद पाठशाला,
गौशाला
·
महाप्रभुको गुफा,
पादुका स्थान,
सिद्ध बाबा मन्दिर
·
पवित्र कुण्ड र आर्मी हेलीप्याड
२. धारापानी,
दाङ:
·
श्री गणेश मन्दिर
·
विश्वको सबैभन्दा ठूलो भनिएको त्रिशूल
·
खड्गदेवी मन्दिर
३. अन्य मार्गहरू: हापुरे (दाङ),
होलेरी (रोल्पा),
काल्चे (सल्यान),
बोटेचौर (सुर्खेत)।
७. भर्मनका देखिएका केहि सिलालेखहरु:
-
स्वर्गद्वारी आश्रमको संक्षिप्त विधिको विवरण,
ऐतिहासिक पृष्ठभूमि,
पौराणिक स्थिति र वर्तमान अवस्थाबारे जानकारी दिइएको रातो सूचना पाटी।
-
भ्रमणको क्रममा भेटिएको एक शिलालेख (सम्भवतः दान वा निर्माण
सम्बन्धी)।
-
दाङको धारापानीस्थित श्री गणेश मन्दिरमा विभिन्न दाताहरूको नामावली अङ्कित
कालो शिलालेख।
८. समस्या तथा चुनौतिहरू
-
भ्रमणको सुरुवाती दिनमा गाडी अपेक्षा गरेभन्दा केही ढिला आउनु।
-
सुर्खेतदेखि स्वर्गद्वारीसम्मको यात्रा लामो र रातभरिको हुँदा केही थकान र
अनिदो महसुस हुनु।
-
फिर्ती यात्रामा समय व्यवस्थापनमा केही तालमेल नमिल्दा तुलसीपुरमा दिउँसोको
खाना खान नपाइनु।
-
सुरुवाती योजनामा विद्यार्थीहरूलाई समावेश गर्न खोजिए पनि आर्थिक कारणले
सम्भव नहुनु।
९. सुझाबहरू
-
लामो दूरीको यात्रामा समय व्यवस्थापनलाई अझै चुस्त बनाउनुपर्ने,
विशेषगरी खाना र नास्ताको समयमा।
-
भविष्यमा यस्ता भ्रमणहरू आयोजना गर्दा विद्यार्थीहरूको लागि पनि
सहुलियतपूर्ण वा कोष खडा गरी सहभागी गराउने प्रयास गर्न सकिने।
-
भ्रमण संयोजक र सवारी चालकहरूसँग निरन्तर समन्वय गरी यात्रालाई अझ सहज बनाउन
सकिने।
भर्मनमा खिचिएका केहि तस्बिर हरु:
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
१०. भ्रमणको खर्च विवरण
भ्रमणको मुख्य तथा पूर्व-निर्धारित खर्च सवारीसाधनको भाडा थियो।
-
जम्मा उठेको रकम रु.
१९x२९६५= ५६३३५ रुपयाँ मात्र |-
-
गाडी भाडा: रु. ४०,०००/- (चालिस हजार रुपैयाँ)
-
नोट: भोजन, बास तथा अन्य व्यक्तिगत खर्चहरू संयोजकज्यूको व्यवस्थापनमा सामूहिक रूपमा
व्यवस्थापन गरिएको थियो।संयोजकको रिपोट अनुसार खर्च विवरण निम्नानुसार रहेको छ |
|
क्रम सं |
खर्च विवरण
|
रकम
|
कैफियत
|
|
१. |
गाडी भाडा |
४००००|- |
|
|
२. |
खाना (१६०x४३) |
६८८०|- |
|
|
३. |
बास (१ रात) |
१७००|- |
|
|
४. |
नास्ता (सबै ठाउको पानि सहित) |
७७६५|- |
|
|
जम्मा |
५६३४५|- |
|
|
११. निस्कर्ष
केही सामान्य व्यवस्थापकीय चुनौतीहरूका बावजुद,
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,
घारिवनको यो स्वर्गद्वारी भ्रमण अत्यन्तै सफल,
फलदायी र अविस्मरणीय रह्यो। यस भ्रमणले एकातिर धार्मिक आस्थालाई बलियो बनायो
भने अर्कोतिर विद्यालय परिवारका सदस्यहरूबीचको आत्मियता र भाइचारालाई अझ गहिरो
बनाउन मद्दत गर्यो। भ्रमण संयोजक,
सवारी चालक दल र सम्पूर्ण सहभागीहरूको सक्रियता र सहयोगले भ्रमण
उद्देश्यअनुरुप नै सम्पन्न भयो।
|
.........................
प्रतिवेदन तयार गर्ने
शिक्षक श्री झलक वली |
.........................
भर्मन संयोजक
शिक्षक इन्द्रा कुमारी डाँगी |
.....................................
प्रमाणित गर्ने
प्रधानाध्यापक श्री शिवजंग वली |


0 Comments