F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

बिद्यालय ब्यावस्थापन समिति-(२०८२) [गठन मिति-२०८२/०५/०६ गते शुक्रबार]

Print Friendly and PDF

श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन


बिद्यालय ब्यावस्थापन समिति-(२०८२) [गठन मिति-२०८२/०५/०६ गते शुक्रबार]

Lal Bahadur Gharti

श्री लाल बहादुर घर्ती

अध्यक्ष

ठेगाना: भेरीगंगा-६, घारिबन

Sumitra Budha Magar

श्री सुमित्रा बुढा मगर

सदस्य

ठेगाना: भेरीगंगा-६, घारिबन

Bhimkala Devkota

श्री भिमकला देवकोटा

सदस्य

ठेगाना: भेरीगंगा-६, किच

Chabikala Gharti

श्री छबिकला घर्ती

सदस्य

ठेगाना: भेरीगंगा-६, घारिबन

Shanta Bahadur Dangi

श्री सान्त बहादुर डाँगी

सदस्य (वडा सदस्य)

ठेगाना: भेरीगंगा-६, घारिबन

Kamala Oli

श्री कमला वली

सदस्य

ठेगाना: भेरीगंगा-६, किच

Bimala Ale

श्री विमला आले

सदस्य

ठेगाना: भेरीगंगा-६, घारिबन

Indra Kumari Dangi

श्री इन्द्रा कुमारी डाँगी

सदस्य (शिक्षक-प्रतिनिधि)

ठेगाना: भेरीगंगा-१२, छिन्चु

Shibajung Oli

श्री शिवजंग वली

सदस्य-सचिब

ठेगाना: भेरीगंगा-६, घारिबन


SMC: School Management Committee
Half of SMC members must be female, and three-fourths must be parents or guardians. The triennial (every three years) School Development Plans and yearly work plans for the schools in each district, and later for each state of Nepal, are crucially developed by SMCs.
बिद्यालय परिवार भेरिगंगा नगरपालिका वडा न. ६, घरिवन |


१५. विद्यालय व्यवस्थापन समितिको गठन, काम, कर्तव्य र अधिकार:

  • (१) सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नका लागि प्रत्येक विद्यालयमा देहायका सदस्यहरू रहेको एक विद्यालय व्यवस्थापन समिति रहनेछ :
    • (क) अभिभावकले आफूमध्येबाट छानी पठाएका कम्तीमा दुईजना महिलासहित चारजना –सदस्य
    • (ख) विद्यालय रहेको वडाको वडा अध्यक्ष वा वडा समितिले तोकेको सदस्य एकजना –सदस्य
    • (ग) विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर उल्लेख्य सहयोग गरेका वा दश लाखभन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरूमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेका एकजना महिला सहित दुईजना – सदस्य
    • (घ) शिक्षकहरुले आफूमध्येबाट छानी पठाएको शिक्षक प्रतिनिधि एकजना – सदस्य
    • (ड.) विद्यालयका प्रधानाध्यापक – सदस्य सचिव
बालक्लवको अध्यक्षलाई आवश्यकतानुसार आमन्त्रित सदस्यका रुपमा वैठकमाबोलाउन सकिनेछ । मनोनित सदस्यहरुको तीन वर्षे पदावधि रहने गरी घ र ङ वाहेकका सदस्यहरुबाट समितिको अध्यक्षछनोट गरिनेछ । कुनै पनि सरकारी वा गैह्सरकारी सेवामा कार्यरत शिक्षक र कर्मचारी भएको अवस्थामा समितिको अध्यक्ष हुन पाइनेछैन । चन्दादाताहरुवाट सदस्य छनौट गर्दा जसले दान दातव्य गरेको हो सोही व्यक्ति मात्र सदस्यका रुपमा राख्न सकिने छ ।
  • (२) सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
    • (क) विद्यालय सञ्चालनका लागि प्राप्त स्रोत साधनको परिचालन गर्ने,
    • (ख) विद्यालयको चल, अचल सम्पत्तिको लगत राख्ने, राख्न लगाउने र सुरक्षा गर्ने,
    • (ग) विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्याङ र विवरण अद्यावधिक गराई राख्ने,
    • (घ) विद्यालयको वार्षिक बजेट स्वीकृत गर्ने र त्यसको जानकारी वडा र नगरपालिकालाई दिने,
    • (ङ) विद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम राख्न राजनैतिक, धार्मिक वा साम्प्रादायिक भावनाको आधारमा विद्यालयको वातावरण धमिल्याउन नदिने,
    • (च) विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीकोपोशाक तोकी कार्यान्वयन गर्ने ।
    • (छ) प्रचलित कानुनबमोजिम शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षक पदका लागि योग्य उम्मेदवारलाई हाजिर गराई काममा लगाउने तथा नगरपालिकाबाट स्वीकृत दरबन्दीमा कर्मचारीको व्यवस्थापन गर्ने,
    • (ज) सम्बन्धित निकायबाट खटिएका शिक्षक तथा कर्मचारीलाई हाजिर गराई काममा लगाउने,
    • (झ) नगरशिक्षा समितिबाट तोकिएको रजिष्टर्ड लेखापरीक्षकबाट विद्यालयको वार्षिक लेखापरीक्षण गराउने,
    • ञ) लेखापरीक्षकको प्रतिवेदनअनुसार तत्काल आवश्यक कारबाही गर्ने र त्यसको प्रतिवेदन वडा शिक्षा समिति र नगरशिक्षा समितिमा पेस गर्ने,
    • (ट) तोकिए बमोजिमका क्षेत्रसँग सम्बन्धित वडा शिक्षा समिति,नगरपालिका र नगरशिक्षा समितिले दिएको निर्देशनहरूको पालना गर्ने,
    • (ठ) विद्यालय सेवा क्षेत्रमा निरक्षरता उन्मूलन तथा आधारभूत शिक्षा सुनिश्चित गर्न पहल गर्ने,
    • (ड) तोकिएबमोजिम दरबन्दीका शिक्षक तथा कर्मचारीलाई विभागीय कारवाही गर्ने,
    • (ढ) विद्यालयको आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी नियुक्त वा बढुवा गरेका शिक्षकका लागि सेवा, सर्त र सुबिधा तोक्ने र तोकिएबमोजिमको पारिश्रमिक तथा सुविधाको व्यवस्था गर्ने,
    • (ण) विद्यालय शिक्षा एकै शिक्षण अवधिमा सञ्चालन गर्न प्रबन्ध मिलाउने,
    • (त) स्थानीय पाठ्यक्रम निर्माणका लागि विषय विज्ञ र सल्लाहकार मनोनयन गर्न सकिने छ,
    • (थ) विद्यालय शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक आचारसंहिता बनाई लागु गर्ने,
    • (द) तोकिएबमोजिमका अन्य कार्य गर्ने ।
  • (३) यस ऐन भन्दा अगाडिको ऐनद्वारा गठित विद्यालय व्यवस्थापन समितिको पदावधि यो ऐन राजपत्रमा प्रकाशित भएको मितिले १५ दिनभित्र स्वतः विघटन भएको मानिनेछ । 
    • नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्दा पदावधि समाप्त भएको १५ दिनभित्रसमितिको गठन प्रक्रिया थालनी गरिनेछ | 
    • समिति गठन नहुँदासम्म सामान्यतयाः पहिलेको समितिले बढीमा एक महिनासम्म कामकाज गर्न पाइनेछ |

Post a Comment

0 Comments