F

Technology

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

बिद्यालय बालकल्ब समिति-२०८०-(गठन मिति:२०८०-०५-०२९)

Print Friendly and PDF

श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन

बिद्यालय बालकल्ब समिति-२०८०-(गठन मिति:२०८०-०५-२९)
  मिति २०८०-०५-२९ गते यस श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन सुर्सखेतमा यसै विद्यालयका शिक्षक बिद्यार्थीहरु बीच बैठक बसी बिद्यालयमा गठन गरिने बालक्लब बिद्यार्थीभैबहिनीहरु मद्यबाट उमेरद्वारी दिन लगाई तपशिल को समिति गठन गरिएको छ |
क्र.स समितिको नाम/थर फोटो पद कक्षा कैफियत
१ श्री सुमन खड्का Image अध्यक्ष ७ सर्ब सहमति
मो.न:९८२५५९४२७९
२ श्री धीरता घर्ति मगर Image उपाध्यक्ष ७ सर्ब सहमत
३ श्री तुल्सी खत्री Image सचिब ७ सर्ब सहमत
४ श्री लक्ष्मी खड्का Image सह-सचिब ७ सर्ब सहमत
५ श्री मनिषा खत्री Image कोषाध्य ८ सर्ब सहमत
६ श्री पवन बुढा Image सदस्य ८ सर्ब सहमत
७ श्री कृष्ण वली Image सदस्य ६ सर्ब सहमत
८ श्री युवराज खड्का Image सदस्य ५ सर्ब सहमत
९ श्री अनिता परियार Image सदस्य ४ सर्ब सहमत
१० श्री दिक्षा परियार Image सदस्य ७ सर्ब सहमत
११ श्री दुर्ग बहादुर घर्ति Image सदस्य शिक्षक प्रतिनिध सर्ब सहमत

बिद्यालय परिवार
भेरिगंगा नगरपालिका वडा न. ६, घरिवन
|


१) बाल  क्लबको काम, कर्तव्य र अधिकार : 

बाल  क्लबको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ  छ 
  • (क) क्लबमा आबद्ध सदस्य सहित १६ वर्ष मुनिका सबै बालबालिकाहरुको क्षमता विकास अभिवृद्धि हुने खालका हाजिरी जवाफ वक्तृत्वकला , निबन्ध लेखन, साहित्यिक गतिविधि आदि सञ्चालन गर्ने । 
  • (ख) विद्यालय भर्ना हुने उमेर समूहका बालबालिकाहरु विद्यालय भर्नाबाट वञ्चित रहे नरहेको बारेमा निरन्तर अनुगमन गर्ने र विद्यालय नगएका बालबालिकालाई विद्यालय भर्ना गर्नका लागि विद्यालयसँग समन्वय गरी विद्यालय भर्ना गर्ने व्यवस्था मिलाउने । 
  • (ग) नगरपालिकापालिका तथा आफ्नो वडाभित्रका टोल विकास सँस्थाहरुले सञ्चालन गर्ने जनचेतना मूलक कार्यमा सक्रिय सहभागिता जनाउने । 
  • (घ) बालमैत्री शासन प्रवद्र्धनका लागि निर्धारित सूचकहरु कार्यान्वयनमा सदैव अग्रसर रही बालमैत्री  विद्यालय निर्माण अभियानमा विद्यालयलाई निरन्तर सहयोग गर्ने । 
  • (ङ) पूर्ण साक्षर, पूर्ण खोप, पूर्ण घटना दर्ता, पूर्ण सरसफाई आदि अभियानमा गाउँपालिका तथा टोल विकास सँस्थाहरुलाई सहयोग गर्ने । 
  • (च) श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घारिवनलाई मुलुकमै नमुना विद्यालयको रुपमा स्थापना गर्ने तर्फ सदैव अग्रसर रहने । 
  • (छ) आफ्नो वडालाई शैक्षिक बन्द, हड्ताल निशेधित क्षेत्र तोक्ने. व्यवस्था मिलाउने ।
  • (ज) क्लबले आफूलाई प्राप्त जिम्मेवारी कार्यान्वयन गर्न कार्यकारी सदस्यको संयोजकत्वमा बढिमा ५ जना साधारण सदस्यहरु सम्मिलित उपसमितिहरु गठन गर्न सक्ने । 
  • (झ) विद्यालयले तोकेका अन्य कार्यहरु गर्ने गराउने  ।

 (२) अध्यक्षको काम, कर्तव्य र अधिकार :

उल्लेख गरिएको काम , कर्तव्य र अधिकारको अलावा  क्लबको अध्यक्षको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।  
  • (क) वार्षिक साधारण सभा र कार्यकारी समितिको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने, 
  • (ख) वार्षिक साधारण सभा र कार्यकारी समितीको बैठकको कार्यसुचि तथा प्रस्ताव पेश गर्ने गराउने, 
  • (ग) नगरपालिका एवं क्लबको साधारण सभा र कार्यकारी समितिको निर्णय कार्यान्वयन गर्ने गराउने सदैव तत्लीन रहने,
  • (घ) कार्यकारी समितिको कामको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, 
  • (ङ) क्लबको प्रतिनिधित्व एकल रुपमा गर्नुपर्ने भएमा सो कार्य गर्ने, 
  • (च) साधारण सभा र कार्यकारी समितिले तोकेका अन्य काम गर्ने,

 (३) उपाध्यक्षको काम, कर्तत्य र अधिकार : 

क्लबको उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ । 
  • (क) अध्यक्षको अनुपस्थितिमा निजको कार्यभार समाल्ने,
  • (ख) क्लबका सदस्यहरुलाई तोकिएको काममा सहजीकरण र समन्वय गर्ने, 
  • (ग) साधारण सभा र कार्यकारी समितिले तोकेका अन्य काम गर्ने, 

 (४) सचिवको काम, कर्तव्य र अधिकार ः

क्लबको सचिवको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ । 
  • (क) साधारण सभा र कार्यकारी समितिको सचिवको रुपमा काम गर्ने ।
  • (ख) साधारण सभा र कार्यकारी समितिको निर्णयको अभिलेख सम्बन्धित वडा सचिवलाई बुझाउने । 
  • (ग) अध्यक्षको निर्देशनमा साधारण सभा र कार्यकारी समितिको बैठकको लागि पत्राचार गर्ने । 
  • (घ) साधारण सभा र कार्यकारी समितिले तोकेका अन्य काम गर्ने ।  

(५) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ः

क्लबको कोषाध्यक्षको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ । 
  • (क) क्लबमा आबद्ध सदस्यहरुले स्वेच्छाले संकलित कोषको हिसाब तथा अभिलेख दुरुस्त राख्ने 
  • (ख) क्लबबाट संचालित कार्यक्रमहरुको अभिलेख राख्ने । 
  • (ग) साधारण सभा र कार्यकारी समितिले तोकेका अन्य काम गर्ने । 

(६) सहसचिवको काम, कर्तव्य र अधिकार : 

क्लबको सहसचिवको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ । 
  • (क) सचिवको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने । 
  • (ख) साधारण सभा र कार्यकारी समितिले तोकेका अन्य काम गर्ने । 

(७) कार्यकारी सदस्यको काम ,कर्तव्य र अधिकार : 

क्लबको कार्यकारी सदस्यको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ । 
  • (क) कार्यकारी समितिको बैठकमा भाग लिई निर्णय प्रकिृयामा सकिृय सहभागिता जनाउने । 
  • (ख) साधारण सभा र कार्यकारी समितिले तोकेका अन्य काम गर्ने ।

|| सफल कार्यकालको शुभकामना ||


Post a Comment

0 Comments