F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

हार्दिक श्रदान्जली

Print Friendly and PDF
    हार्दिक श्रदान्जली

    भेरिगंगा नगरपालिका वडा न.१ का वडाध्यक्ष नवराज कार्की काठमाण्डौस्थित बासबारी न्युरो अस्पतालमा उपचारको क्रममा मिति २०७८/११/१२ गते राति १०:३० बजे मृत्युको खबरले सिंगो बिद्यालय परिवार स्तब्द र मर्माहित भएका छौ | राजनीतिसगै बिभिन्न सामाजिक संघ सस्थामा आवद्ध कार्की विकासप्रेमी नेताका रुपमा परिचित हुनुहुन्थियो | २०४८ सालमा जन्मनु भएको कार्की कर्णाली कै संभवत कान्छो वडा अध्यक्ष रहेको उहाको निधनले भेरिगंगा नगरपालिकाले एक जिम्मेवर, अनुभबी र विकासप्रेमी जन्प्रतिननिधि गुमाएको छ | भेरिगंगा नगरपालिकाको सोख बक्तब्य सूचना अनुसार मृतक कार्कीप्रति भावपूर्ण श्रदान्जली अर्पण गर्न भोलि आइतबार एक दिनका लागी नगरपालिका, वडा कार्यालयहरु शैक्षिक सस्थाहरुबाट प्रदान गरिने सेवा बन्द रहने जानकारी अनुसार श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय घारिबन पनि भोलि १ दिन आइतबार बन्द रहने यसै सूचनासाथ शिक्षक,अभिभावकज्युहरु, विद्यार्थी भाइबहिनीहरुमा जानकारी गरौदछौ | साथै
    भेरिगंगा नगरपालिका वडा न.१ का वडाध्यक्ष नवराज कार्की गाडीको ठक्कर बाट गम्भीर घाइते भइ काठमाण्डौस्थित बासबारी न्युरो अस्पतालमा उपचारको क्रममा  मिति २०७८/११/१२ गते राति १०:३० बजे अल्पआयुमै एव असामयीक स्वर्गारोहण भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौ | दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ | साथै यस दुखद घडीमाशोकाकुल परिवारमा धैयाधारण गर्ने मिलोस् भन्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछौ |

बिद्यालय परिवार
कर्णाली प्रदेश
भेरिगंगा नगरपालिका वडा न.६,घारिवन, सुर्खेत |

भेरिगंगा नगरपालिका शोक बक्तब्य




Post a Comment

0 Comments