F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

सबैका लागी पढाई सम्बन्धि २ दिने कार्यशाला गोष्ठी

Print Friendly and PDF

 सबैका लागी पढाई सम्बन्धि २ दिने कार्यशाला गोष्ठीको

पहिलो दिनको प्रतिवेदन 2078/08/06-07

नेपाल सरकार शिक्षा विज्ञान तथा वातावरण USAID को आर्थिक सहयोगमा छिन्चुमा संञ्चालन गरिएको पहिलो दिनको कार्यक्रम ।

१. परिचय 

भेरीगंगा नगरपालिकाका विभिन्न क्षेत्रका प्रत्येक विद्यालयबाट २ जनाको दरले २० जना सहभागीहुने गरि छिन्चुमा रहेको पुरानो माछापुर्छे होटलमा मिति २०७८ साल मंसिर ६ गते विहान ११ः५० मा कार्यक्रम सुरु गरिएको थियो । 

औपचारिक कार्यक्रमको सुरुवात हुनु पुर्व मास्क वितरण गरि स्वास्थ्य मापदण्डहरु पुरा हुने गरि सहभागीलाई अपाङ्गता पहिचाहन सम्बन्धि केही प्रश्नहरु वितरण गरि जानकारी संकलन गर्ने कार्य गरिएको थियो ।  

कार्यक्रम संञ्चालकले श्री भुपेन्द बहादुर सिजापति सरलाई सभापतिको आसन ग्रहन गराउदै भेरीगंगा नगरपालिका अधिकृत श्री जगत बहादुर बस्नेत ज्यूलाई प्रमुख अथितिको आसन ग्रहन गराउनु भएको थियो । यसको लगतै परिचय कार्यक्रम सुरु गरिउनुको थियो । 

१२ः१५ बजे श्री भुपेन्द्र बहादुर सिजापती सरले सवैको लागी पढाई कार्यक्रममा परिचय,परियोजनाका उद्देश्यहरु, परियोजनाका कार्यक्षेत्र तथा लक्षित तथ्याङ्क सहीतको ब्यख्या गदै कार्यक्रम सुरुवात गर्नु भएको थियो । 

१२ः२५ बजे प्रशासकिय अधिकृत श्री जगतबहादुर बस्तेत सरले आफ्नो सुभकामना मन्तब्य दिदै कार्याक्रम सम्बन्धि अन्य कुराहरुको पनि जानकारी दिनु भएको थियो । प्रमुख अथिति ज्यूलाई समय नभएको जानकारी भए संगै सभापति सरले आफनो सभापतिको मन्तब्य पनि राख्नुभएको थियो । यस लगतै प्रशासकिय सर विदा हुन भएको थियो । 

१२ः३६ बाट कार्यक्रम संञ्चालीका बाट सेकसन १ मा अपाङगता विषय छलफल तथा परिचय दिदै कार्यक्रम अगाडी बढेको थियो यसमा अपाङ्गताको परिचय, अपाङ्गताको प्रकार अपाङ्ग भएको ब्यक्तिले पाउने अपाङ्ग परिचय पत्र आदि विषयका बारेमा जानकारी दिनु भएको थियो । 

१ः१५ बजे अपाङगता छात्रबृद्धि सम्बन्धि विषेश प्रकारको छलफल गरिए संगै सहभागीहरुबाट आएका जिज्ञासा हरुलाई प्रस्ट पार्ने काम गरिएको थियो । यस सेक्सनको अन्तमा अपाङ्गताको समिक्षा सम्बन्धि केही प्रश्नहरु सोधिएको थियो । 

यसपछि श्री पुर्ण आचार्य सरले आफ्नो परिचय सहित आफ्नो संस्थाको बारेमा केही जानकारी दिनुभएको थियो । 

१ः५७ बजे ब्यवस्थापकिय पक्षबाट पाएको जानकारी अनुसार सबैजना सहभागीहरु खाजा खान जानुभएको थियो । खाजा खाई सके पछि सबैजना कार्यक्रम स्थलमा २ः३० बजे आउनु भएको थियो । 

२ः३० बजे कार्यक्रम सुरु गरिएको थियो विहानको कार्य विभाजन अनुसार विचविचमा मनोरन्जन गराउने काम पनि भएको थियो । यसको लगतै कार्यक्रम सञ्चालीका बाट समावेशी शिक्षा विषमा उदारण सहित छलफल गरिएको थियो । साथै यस संग सम्बन्धित अन्य विषयमा पनि जानकारी सहित छलफल गराउनुभएको थियो । 

३ः०० बजे समाबेशी शिक्षाका बाधक तत्वहरु बारेमा छलफल गरिएको थियो । यसको लगतै समाबेशी शिक्षा सम्बन्धिका तस्वीरहरु देखाउदै २०७३÷२०७६ नुसार ऐन,नियम,कानुन तथा सुविधा सम्बन्धि जानकारी गराउनु भएको थियो । अन्तमा समाबेशी शिक्षासम्बन्धिका ठिक बेठीक प्रश्नहरु सहभागीलाई सोधेर समाबेशी शिक्षाको मुल्यङ्कन गरिएको थियो । 

३ः१८ बजे श्री भुपेन्द बहादुर सिजापति सरले प्रारम्भिक पहिचान सम्बन्धि परिचय,समस्या, कसरी पहिचाहन गर्ने विषयमा जानकारी दिदै प्रश्नप्रत्रको साथमा प्रारम्भिक पहिचाहन गर्ने तरिका सम्बन्ध जानकारी लिनेदिने कार्य गरिएको थियो । 

४ः१९ बजे अन्तमा प्रारम्भिक पहीचाहनको समिक्षा सम्वन्धि प्रश्नहरु वितरण गरि जानकारी संकलन गर्ने कार्य गरिएको थियो । 

४ः२५ मा कार्यक्रम संचालको जानकारी अनुसार आजको कार्यक्रमको आजको त्रियाकलाप सकिएकोले सवैजना आफ्नो आफ्नो गन्तब्य तथा बास्थान तिर लाग्नुभयो । 

कार्यक्रमा देखीएको समस्याहरु :

  • कार्यक्रको सही जानकारी नहुदा कार्यक्रम भनेको समयमा संञ्चालन गर्न नसकिएको । 
  • कार्यक्रमको टाईमटेबुल नहुदाँ सहभागी तथा संञ्चालकलाई अप्ठारो देखीएको । 
  • प्रशिक्षकले जानकारी दिन अल्छि गरेको हुदा सहभागीलाई बुझ्न कठिन भएको । 
  • आयोजक टिमलाई भेरीगंगा नगरपालिकोको भौगोलीक अवस्था थाहा नहुदा अन्य ब्यवस्थापनमा कठीन भएको । 
कार्यक्रमका केही तस्विरहरु :






Post a Comment

0 Comments